नयाँ स्वरुपको कोरोनाले अमेरिकामा ६ सयभन्दा धेरै संक्रमित

एजेन्सी

शनिबार, २४ माघ २०७७, ११ : १०
नयाँ स्वरुपको कोरोनाले अमेरिकामा ६ सयभन्दा धेरै संक्रमित

एजेन्सी । विश्वमा कोरोनाका बिरामीहरुको आँकडा १० करोड ५८ लाखभन्दा धेरै भएको छ । ७ करोड ७५ लाखभन्दा धेरै मानिस ठिक भइसकेका छन् भने २३ लाख  ०७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यो आँकडा वल्र्डोमिटर डटकमको हो ।

यता, अमेरिकामा खतरा बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार देशमा कोरोनाको नयाँ स्वरुपबाट संक्रमित ६ सय १८ जना बिरामीहरु देखिएका छन् । देशका ३३ राज्यमा अवस्था अझै पनि खतरनाक रहेको सिडिसीले जनाएको छ । यी राज्यमा देखिएका ६ सय १८ नयाँ स्वरुपका संक्रमणमध्ये ६ सय ११ जनामा बी १.१.७ स्वरुप देखिएको पाइएको छ । यो स्वरुप बेलायतबाट फैलिएको थियो । यसको फैलावटलाई निकै तिव्र मानिएको छ ।

अमेरिका २ करोड ७४ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यसमध्ये १ करोड ७१ लाख ४६ हजार १ सय ६९ जना निको भइसकेका छन् । त्यस्तै, ४ लाख ७० हजार ७ सय ५ को मृत्यु भइसकेको छ ।