काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश नं. १ मा २३ हजार ८२ जना, प्रदेश नं. २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ ।
यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानाकारी गराइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २३ माघ २०७७, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन