काठमाडौं । मकवानपुरमा एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप लिनेको स्वास्थ्य अवस्था सामान्य छ । यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ ।
हालसम्म प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरु, खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक र चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक तथा शव व्यवस्थापनमा खटिएकाहरूलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप