काठमाडौं । मकवानपुरमा एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप लिनेको स्वास्थ्य अवस्था सामान्य छ । यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ ।
हालसम्म प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरु, खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक र चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक तथा शव व्यवस्थापनमा खटिएकाहरूलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने