दमक । झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर हुनुभएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इप्रका झिलझिलेले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु