दमक । झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर हुनुभएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इप्रका झिलझिलेले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु