विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १५ : १०
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको  गल्याङ नगरपालिका ५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् । 

यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका ५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी सोही पनि ठाउँस्थित खोल्सामा मृतावस्थामा फेला परेकी छन् । 
यसैगरी संखुवासभाको मादि नगरपालिका ८ दलेनीस्थित खोल्सामा सोही नगरपालिका ९ फाबिङ बस्ने ५५ वर्षीय रत्न बहादुर प्रधान मृत फेला परेका छन् .भने भोजपुरको अरुण गाउँपालिका ६ स्थित अरुण नदी र आपखोलाको दोभानमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

सबै घटनाका सम्बन्धमा  स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस