एक दिवसिय मान्यता पाएको नेपाली टोली आइपुग्यो

सोमबार, ०५ चैत्र २०७४, २१ : १९

काठमाडौं : चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुगेको छ । नेपाली टोलीका स्वागत गर्न ठूलो संख्यामा समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए । नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव महेश दाहालले पनि विमानस्थलमा टोलीको स्वागत गरेका थिए । 

अर्को वर्ष हुने विश्व कपका लागि छनोट हुन असफल भएपछि नेपाल एक दिवसिय मान्यता पाउन भने सफल भएको थियो । सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एक दिवसिय मान्यता पाएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले विश्व कप छनोट प्रतियोगिता सुरु हुनु अघि उत्कृष्ट नेदरल्यान्ड्स बाहेक तीन एसोसियट्सलाई आगामी चार वर्षका लागि एकदिवसिय मान्यता दिने घोषण गरेको थियो ।

स्कटल्यान्ड र युएई टोली सुपर सिक्समा पुगेपछि एउटा टोली मात्र बाँकी रहेको थियो । त्यहि बाँकी एक टोलीमा नेपाल छनोट हुन सफल भएको थियो । विश्व कप छनोटमा आठौं स्थानमा रहँदै नेपालले यात्रा अन्त्य गरेको गिथयो । पपुवा न्यु गिनी र हङकङ भने डिभिजन टु मा घटुवा भएका छन् ।

नेपालीको जीतमा गाएक प्रमोद खरेलले खेलाडीको सम्मानमा यस्तो गीत गाए ।

प्रतिक्रिया दिनुहोस