दुबैतिरबाट खन्न थालियो नागढुंगा सुरुङ

पत्रपत्रिकाबाट

आइतबार, ११ माघ २०७७, ०७ : ५८
दुबैतिरबाट खन्न थालियो नागढुंगा सुरुङ

सांकेतिक तस्वीर

काठमाडौँ । नागढुंगा सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फपनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरी नगरपालिका २ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ । 

दुबैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एण्डो कर्पोरेशनले बताएको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशहाखाका प्रमुख अर्जुनजंग थापाले बताए । कान्तिपुर दैनिकम खबर छ  ।

प्रतिक्रिया दिनुहोस