चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ ।
अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताए । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उनले सङ्घीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताए ।
निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताए । उनले भने, “अहिले साधारण सेवाबाट शुरु गर्छौं, पछि विशिष्ट सेवा दिन्छौं ।” हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने उनले बताए ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ । पौडेलले अस्पतालको १३औँ विभागको रुपमा आँखा विभाग स्थापना भएको बताए ।
यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ माघ २०७७, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट: सोमबार ७३ जना संक्रमित थपिए, ३ जनाको मृत्यु
यस्ता छन् उखुको जुसका फाइदा
‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’
खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री
आँखामा लाग्ने रोगका विषयमा प्रशिक्षण
स्वास्थ्यमा थप समस्या आएपछि सुत्केरीको मृत्यु