शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा ३ जना सांसदले  लिए हस्ताक्षर फिता

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०७७, २० : ५९
शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा ३ जना सांसदले  लिए हस्ताक्षर फिता

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना सांसदले सो हस्ताक्षर फिर्ता लिएका छन् । 

प्रदेशसभा सदस्यहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । उनीहरुले हस्ताक्षर फिर्ता लिएको भन्दै प्रदेशसभा सचिवालयका सचिवलाई जानकारी गराएका छन् । 

उनीहरुले दिएको निवेदनमा पु्स १२ गते मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आफूहरुको समेत हस्ताक्षर रहेकोमा अहिले आएर नेकपाकै सरकारविरद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नठानेर हस्ताक्षर फिर्ता लिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस