काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले निर्वाचन सुरक्षामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबाट चुनौती रहेकाले गम्भीर हुन निर्देशन दिनुभयो ।
गृहसचिव न्यौपानेले विप्लव समूहका हरेक गतिविधिहरु कडाइका साथ रोक्न प्रजिअलाई निर्देशन दिनुभयो । “शान्तिसुरक्षा कायम गर्न तथा नागरिकको जीउधनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ”, सुर्खेतका प्रजिअ हीरालाल रेग्मीले भन्नुभयो ।
गोष्ठीमा सुर्खेतसँग सीमा जोडिएका छ जिल्लाका प्रजिअ सहभागी थिए । प्रजिअहरुले आ–आफ्नो जिल्लामा विप्लव समूहको प्रभावबारे रिपोर्टिङ गरेका थिए । सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश कार्यालय प्रमुखहरु सहभागी थिए ।
गृहसचिव न्यौपानेले आजै जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको शिलान्यास गर्नुभयो । प्रशासन कार्यालयका अनुसार रु सात करोड ६१ लाख ५८ हजार लागतमा उक्त भवन निर्माण हुँदैछ । त्यस्तै गृहसचिव न्यौपानेले प्रशासन कार्यालय परिसरमै निर्माण भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको पनि उद्घाटन गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ माघ २०७७, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी