कक्षा ११ मा नयाँ पाठ्यक्रम

पत्रपत्रिकाबाट

बुधबार, २९ पुस २०७७, ०७ : ३८
कक्षा ११ मा नयाँ पाठ्यक्रम

काठमाडौँ । कक्षा ११ र १ मा चालू शैक्षिकसत्रमा नयाँ पाठ्यक्रमअनुसार पठनपाठनलाई निरन्तरता दिन बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयनविरुद्ध सर्वोच्चमा परेको रिट निवेदन सोमबार खारेज भएको हो ।

मागदाबी बमोजिम नहुने भन्दै न्यायधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले निर्देशनात्मक आदेश दिएको सर्वोच्चले जनाएको छ । पाठ्यक्रम विकास केन्द्र महानिर्देशक केशवप्रसाद दाहालले भने, ‘पाठ्यक्रम प्रारुप नै कार्यन्वयन नगर्नु भन्ने माग दाबी खारेज भयो, नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने बाटो खुल्यो ।’

अदालतको आदेशअनुसार कक्षा १ र ११ मा बुधबारबाटै नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन हुने उनले जनाए । ‘अरु कक्षामा पनि आगामी शैक्षिकसत्रदेखि क्रमशस् नयाँ पाठ्यक्रमको आधारमा अध्ययनअध्यापन हुन्छ,’ उनले भने, ‘अदालतको आदेशले नयाँ कि पुरानो पाठ्यक्रमको आधारमा पढ्ने अन्योल हट्यो ।’ आदेशसँगै विद्यालय तह कक्षा ९१–१२० को राष्ट्रिय पाठ्यक्रम पारुप २०७६ कार्यान्वयनको बाटो खुलेको उनले जनाए । सर्वोच्चमा असोज ३० गते दर्ता भएको मुद्दाको फैसला आएको हो । फैसलाको लिखित आदेश भने आइसकेको छैन ।

शैक्षिकसत्रको मध्यमा पाठ्यक्रमविरुद्ध दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै प्रभावित बनेको थियो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारुप स्वीकृत गरेपछि देशभरका अधिकांस शिक्षणसंस्थामा त्यहीअनुसार पठनपाठन भइरहेको थियो । असोज २८ मा संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै निवेदन दर्ता भएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस