चितवन । चितवनको भरतपुर महानगरका सबै सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको छ ।
भरतपुर महानगरले आज तीन वर्षको समिक्षात्मक कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले सबै सामुदायिक विद्यालयका आधारभूत तहदेखि कक्षा ५ सम्मका सबै विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरेको बताइन् ।
उनले भनिन्, ‘दिवा खाजाको व्यवस्थाले विद्यार्थीहरु नियमित भएका र शैक्षिक गुणस्तर समेत बढेको अनुभूति भएको छ ।’ सामुदायिक विद्यालयमा आकर्षण बढाउँदै विद्यार्थीहरुको पोषणमा सुधार ल्याउने लक्ष्यका साथ दिवा खाजा कार्यक्रम शुरु गरिएको महानगर प्रमुख दाहालको भनाइ छ ।
एक विद्यार्थी बराबर ३० रुपैयाँको खाजा विद्यालयले उपलव्ध गराउँछ । महानगर शैक्षिक प्रशासन शाखा प्रमुख महेन्द्र पौडेलले दिवा खाजाको व्यवस्थाले स्कुलमा विद्यार्थीहरु नियमित हाजिर भएका बताए ।
कार्यक्रममा महानगरपालिका पमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन दिवा खाजा कार्यक्रम शुरु गरिएको जानकारी गराउँदै आगामी दिनमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अन्य कार्यक्रमसमेत सञ्चालन गरिने बताए । सिकाइमा प्रविधिको प्रयोगलाई बढावा दिन सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पु-याइएको छ । सबै आधारभूत विद्यालयलाई एउटा ल्यापटपको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान