प्रदेश १ का मुख्यमन्त्री नै परे कारबाहीमा, मन्त्रीदेखि सांसदसमेत निलम्बित

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, २० : १५
प्रदेश १ का मुख्यमन्त्री नै परे कारबाहीमा, मन्त्रीदेखि सांसदसमेत निलम्बित

काठमाडौँ । नेकपा विभाजित भएको बेला प्रदेश नम्बर १ मा १ पक्षले अर्को पक्षलाई कारबाहीको श्रृंखला बढेको छ । सोही क्रममा प्रचण्ड–नेपाल पक्षले  मुख्यमन्त्री शेरधन राईलाई निलम्बरको घोषणा गरेको छ ।

उनलाई तीन महिनाका लागि निलम्बनको घोषणा गरिएको हो । प्रचण्ड–नेपाल पक्षले उनलाई प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

यस्तै सो पक्षले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ । 

उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले बताए ।

 पार्टी विभाजित बनेपछि प्रचण्ड–नेपाल समूहले राईविरुद्ध अविश्वास प्रस्ताव यसअघि नै ल्याइसकेको छ भने राईले पनि केही सांसदलाई कारबाही र मन्त्रीलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस