काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले संसद बिघटनका कारण लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता धरापमा परेको बताउनुभएको छ ।
दैलेखको दुल्लुमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै शर्माले भन्नुभयो, “पार्टी एकता गर्दा संविधान कार्यान्वयनलाई मुख्य विषय बनाइएको तर त्यसो हुन सकेन । यो प्रतिगमन भयो । प्रतिनिधिसभा बिघटन भयो ।”
नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिगमन विरुद्धमा देश एकजुट भएर विरोध उत्रेको दावी गर्नुभयो । देश प्रतिगमनमा जाला भन्ने विषय आफूहरूले नसोचेको बताउँदै उहाँले भन्नुभयो, “घरभित्र समस्या छ भनेर बस्तीमै आगो लगाउनु कदापी राम्रो होइन । घर त खरानी भयो नै देशमा पनि आगो लागेको छ । जनताले बुझिसकेका छन् ।”
पार्टी केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला र विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेताले बिघटित प्रतिनिधिसभा पुनः स्थापना हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ पुस २०७७, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने