भारतको एक अस्पतालमा आगलागी हुँदा निस्सासिएर १० नवजात शिशुको मृत्यु

एजेन्सी

शनिबार, २५ पुस २०७७, ०९ : २२
भारतको एक अस्पतालमा आगलागी हुँदा निस्सासिएर १० नवजात शिशुको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्र प्रदेशको भण्डारा जिल्लास्थित अस्पतालमा भएको र सो आगलागीमा परि १० जना नवजात शिशुको मृत्यु भएको भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो। त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा छ ।

नवजात शिशुहरुको मृत्यु भवनमा धुँवा भरिएका कारण भएको बताइएको छ । अस्पतालका सिविल सर्जन डाक्टर प्रमोद खन्डाका अनुसार तीन, चार बच्चाको मृत्यु जलेर भएको छ भने बाँकीले अक्सिजन नपाएर ज्यान गुमाउनुपरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस