चितवन । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी चितवनले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
चितवनमा संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाको (प्रचण्ड–माधव) पक्षले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी चितवनका अनुसार संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पुर्व घोषित कार्यक्रमअनुसार काठमाडौँसहित ७७ वटै जिल्लामा प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने निर्णय अनुसार चितवनले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रसंगै प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिइएको छ, साथै राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ पुस २०७७, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र
कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
धरानका प्रमुख राजनीतिक दलहरूले प्रचण्डलाई बुझाए ज्ञापनपत्र