चितवन । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी चितवनले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
चितवनमा संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाको (प्रचण्ड–माधव) पक्षले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी चितवनका अनुसार संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पुर्व घोषित कार्यक्रमअनुसार काठमाडौँसहित ७७ वटै जिल्लामा प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने निर्णय अनुसार चितवनले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रसंगै प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिइएको छ, साथै राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ पुस २०७७, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
धरानका प्रमुख राजनीतिक दलहरूले प्रचण्डलाई बुझाए ज्ञापनपत्र
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
कास्कीका पाँच वामपन्थी दलले बुझाए प्रचण्डलाई ज्ञापनपत्र
लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई ज्ञापनपत्र
लुम्बिनी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले मन्त्रीलाई बुझाए ज्ञापनपत्र