विमान दुर्घटना : मृत्यु भएका ३२ जनाको सनाखत

आइतबार, ०४ चैत्र २०७४, १३ : ५०
विमान दुर्घटना : मृत्यु भएका ३२ जनाको सनाखत

काठमाडौं । गत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको यूएस —बांग्ला एयरलाइन्स विमान दुर्घटनाका ४९ मृतकमध्ये ३२ जनाको सनाखत भएको छ ।

सनाखत तथा शव बुझाउने कार्यमा संलग्न सहायक प्रहरी नायव उपरीक्षक बिशाल भण्डारीले ३२ जनाको शब शनाखत भएको जानकारी दिए । उनले शनिबारदेखि आफन्तलाई शव जिम्मा लगाउने काम समेत सुरु भएको जानकारी दिए ।

भण्डारीका अनुसार अहिलेसम्म १७ जना बंगलादेश, १४ जना नेपाली र १ जना चिनियाँ नागरिकको शबको पहिचान भएको छ ।  जसमध्ये १५ जनाको शब आफन्तलाई जिम्मा लगाइएको हो ।  १ चिनियाँ र  १४ जना नेपाली नागरिकको  शव आफन्तलाई जिम्मा लगाइएको भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस