आफू पार्टी एकताको पक्षमा रहेको बादलको दाबी

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, १७ : ५०
आफू पार्टी एकताको पक्षमा रहेको बादलको दाबी

चितवन । गृहमन्त्री तथा नेकपा ओली पक्षका नेता रामबहादुर थापा बादलले आफू फूटको विरोधमा र एकताको पक्षमा रहेको बताएका छन् । 

आज चितवनमा भएको अगुवा कार्यकर्ता भेलामा गृहमन्त्री बादलले भने, ‘म पार्टी एकताको पक्षमा छु । अब चुनावको विकल्प छैन ।’

उनले हिजो पार्टी पोखरीजस्तो बनेको र आज पार्टी नदीजस्तो बगेको दावी गरेका थिए । बादल सहभागी कार्यक्रममा विद्यार्थीहरुको भिड जम्मा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस