अष्टलक्ष्मी शाक्य बनिन् संसदीय दलको नेता

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, १४ : १८
अष्टलक्ष्मी शाक्य बनिन् संसदीय दलको नेता

काठमाडौँ । नेकपाको  प्रचण्ड माधव पक्षले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । 

प्रचण्ड माधव पक्षको आज भएके वागमती प्रदेश सभा संसदीय दलको बैठकले शाक्यलाई दलको नेता चयन गरेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटाएको छ । 

समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस