टस हारेको नेपाललाई पहिले फिल्डिङको निम्तो

शनिबार, ०३ चैत्र २०७४, १३ : १५
टस हारेको नेपाललाई पहिले फिल्डिङको निम्तो

आईसीसी विश्वकप क्रिकेट छनोटको प्ले अफमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ । अब नेपालले फिल्डिङ गर्नेछ । सातौं स्थानका लागि नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । गत बिहीबार पपुवा न्यूगिनीविरुद्ध भएको प्लेअफ खेलबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेट टोलीले पाएको हालसम्मकै ठूलो सफलता हो ।

दुवैले एक दिवसीय मान्यता पाइसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्र हो । नेपालले पपुवान्युगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको प्ले अफ भेट पक्का गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस