सातौँ स्थानको लागि नेपाल र नेदरल्याण्ड भिड्दै

शनिबार, ०३ चैत्र २०७४, ०९ : ४६
सातौँ स्थानको लागि नेपाल र नेदरल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सातौं स्थानका लागि नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । सातौं स्थानका लागि नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो सवा १ बजेदेखि सुरु हुँदैछ ।

सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । गत बिहीबार पपुवा न्यूगिनीविरुद्ध भएको प्लेअफ खेलबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेट टोलीले पाएको हालसम्मकै ठूलो सफलता हो ।

दुवैले एक दिवसीय मान्यता पाइसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्र हो । नेपालले पपुवान्युगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको प्ले अफ भेट पक्का गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस