मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, १० : ४६
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । प्रस्तावमा ३६ सांसदको हस्ताक्षर रहेको खुल्न आएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न अगुवाई गरेको बुझेपछि राईले यसअघि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदबाट बर्खास्त गरेका थिए । आङ्बो दाहाल र नेपाल पक्षधर हुन् । 

मुख्यमन्त्रीबाटै बर्खास्तीमा परेका आङ्बोको अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । यसअघि आङ्बोले पनि आफूलाई पदबाट हटाएर अविश्वास प्रस्तावको बाटो खुला गरिदिएको बताउँदै आएका थिए  । दाहाल र नेपाल समूहलाई प्रदेश १ मा सरकार बनाउन बहुमत पुग्छ । दाहाल नेपाल समूहका तीन जना मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस