शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याइने, सरकार गठनका लागि कांग्रेसको साथ अनिवार्य

पत्रपत्रिकाबाट

आइतबार, १२ पुस २०७७, ०७ : २८
शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याइने, सरकार गठनका लागि कांग्रेसको साथ अनिवार्य

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । आपूmविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोपमा मुख्यमन्त्री राईले शनिबार साँझ आङ्बोलाई पदमुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए । आङ्बो साविक माओवादी नेता हुन् भने अहिले दाहाल–नेपाल समूहमा रहेका छन् ।

सरकार गठनका लागि कांग्रेसको साथ अनिवार्य
प्रदेश सरकार विघटन भएमा नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह अग्रसर हुँदा सांसद संख्या थपघट भए सरकार गठनका लागि कांग्रेसको साथ अनिवार्य बन्नेछ । नेकपाका दुवै समूहले दाबी गरेको संख्यामा तलमाथि भई साना दललाई लिएर बहुमत आउने अवस्था नभए कांग्रेसले जसको साथ दिन्छ, नेकपाको त्यही समूहको नेतृत्वमा सरकार गठन हुने परिस्थिति बन्ने प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । कार्कीले पार्टीको केन्द्रीय नीति र प्रदेशको स्थानीय परिस्थितिको मूल्यांकन गरेर कांग्रेसले निर्णय लिने जनाए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस