नेकपा विवाद

मुख्यमन्त्री शेरधन राईले हटाए अर्थमन्त्री आङ्बोलाई

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १९ : ३६
मुख्यमन्त्री शेरधन राईले हटाए अर्थमन्त्री आङ्बोलाई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको जानकारी दिए । 

पूर्वमाओवादी नेता नेकपा अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको मुख्यमन्त्री राइ निकटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस