प्रचण्ड माधव समुहका कार्यकर्ताले फोडे नेकपा चितवन पार्टी कार्यालयमा गरिएको तालाबन्दी

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, ११ : ०९
प्रचण्ड माधव समुहका कार्यकर्ताले फोडे नेकपा चितवन पार्टी कार्यालयमा गरिएको तालाबन्दी

चितवन । नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहका कार्यकर्ता बिहान गरेको तालाबन्दी प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् । 

पार्टी कार्यालयमा कोई नभएको मौका छोपी ओली पक्षधर युवा नेताहरुले तालाबन्दी गरेका थिए । कार्यालयमा कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड माधव समुहका युवा कार्यकर्ताले फुटालेका हुन् ।

नेकपा ओली तथा प्रचण्ड माधव समुह दुई पक्षमा बाँडिएपछि विभिन्न पाटी कार्यालयहरुमा ईतर समुहले तालाबन्दी गर्दै आएका छन् । पार्टीको आधिकारिताका विषयमा भने निर्वाचन आयोगले अहिले सम्म केही निर्णय लिन सकेको छैन् । यता भने दुवै पक्षले भने नेकपा वैधानिक तवरले आ–आफ्नो पार्टी रहेको दाबी गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस