काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा उहाँहरुबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको थियो । पछिल्लो पटक नेकपा (दाहाल–नेपाल) समूहले पूर्वसभामुख महरालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो ।
नेता महराका अनुसार भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको हो । राजदूत यान्छीले आजै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शिष्टाचार भेटावार्ता गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० पुस २०७७, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ