हालसम्म कतिको भयो कोरोना बीमा दाबी भुक्तानी ?

पत्रपत्रिकाबाट

शुक्रबार, १० पुस २०७७, ०७ : ५१
हालसम्म कतिको भयो कोरोना बीमा दाबी भुक्तानी ?

काठमाडौं । बीमा  समितिले  कोरोना  बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ ।

बीमा समितिले सार्वजनिक गरेको  विवरणअनुसार  हालसम्म  कुल  एक  अर्ब  ५०  करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ । 

बीमा  दाबी  गर्नेमध्ये  दुई  हजार  ६८६  जनाको  फाइल स्वीकृति  हुने  प्रक्रियामा  रहेको  जनाइएको  छ।  आवश्यक काजपत्र  पूूरा  नभएका  कारण  दुई  हजार  ५३  वटा  फाइल सम्बन्धित  कम्पनीमा  फिर्ता  पठाइएको  छ । 

७६  वटा  फाइल दोहोरो  परेका  कारण  भुक्तानी  दाबी  प्रक्रियाबाट  बाहिरिएका छन् । अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् । अर्थ  मन्त्रालयले  बीमा  दाबी  भुक्तानी  गरेको  विवरण बारम्बार माग गर्न थालेपछि भुक्तानी हुने क्रम बढेको हो। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस