अध्यादेशको विषयमा खुमलटारमा पाँच नेताको छलफल

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १७ : २८
अध्यादेशको विषयमा खुमलटारमा पाँच नेताको छलफल

काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धि संशोधन अध्यादेश ल्याएपछि सत्तारुढ दलका शीर्ष नेता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पाँच नेताको भेला भएको छ ।

खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका शीर्ष नेताले अध्यादेशबारे ठोस धारणा तय गर्ने एक नेताले जानकारी दिए । यसअघि नै प्रचण्डले अध्यादेश फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेपछि नेकपामा हलचल आएको छ । बहुमत नेताहरुले त्यसको विरोध गर्दै खारेज गर्न माग गरेका छन् । अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत आपत्ति जनाएको छ । 

खुमलटार भेलामा प्रचण्डसहित नेकपा वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस