एजेन्सी । कोरोना विरुद्धको भ्याक्सिनलाई मान्यता दिने बेलायत पहिलो मुलुक बनेसंगै बेलायतवासी थप उत्साही बनेका छन् । अझ कोरोना संक्रमित भएका र हस्पिटलमा उपचारार्थ भर्ना भएका बिरामीहरुमा बाँच्ने आशा पलाउनु स्वभाविक नै हो । आज मात्र फाइजर(बायोएनटेकद्वारा तयार पारिएको भ्याक्सिनकोपहिलो लट बेलायत भित्रिसकेको छ ।
तर, बेलायतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । अहिले यहाँ एकसाताभित्र तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भैरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ल को तथ्याँकले देखाएको छ । आज शुक्रबार सार्वजनिक भएको तथ्याँक अनुसार बितेको २४ घन्टामा मात्र थप ५०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हिजो विहीबार २४ घन्टामा मृत्यु हुनेको संख्या ४१४ रहेको थियो । मृतकको आधारमा बेलायत विश्वभरिमै पाँचौं स्थानमा रहेको छ भने युरोपमको अग्रस्थानमा पर्दछ । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६० हजार ६१७ जनाको ज्यान गैसकेको छ ।
यसैगरी कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा १६ हजार नाघेको छ । शुक्रबार साँझसम्ममा थप १६ २९८ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ९० हजार ४३२ पुगेको सर्कारी तथ्याँकले देखाएको छ । अहिले बेलायतको हस्पिटलहरुमा १४ हजार भन्दा बढीकोरोना संक्रमितको उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा मात्र एक हजार ३६४ जना नयाँ संक्रमित हस्पिटल भर्ना भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० मंसिर २०७७, ०८ : २३
लेखकबाट थप