काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
भारतमा बिहीबार थप ३६ हजार ५९५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार ५५९ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख १६ हजार २८९ व्यक्ति संक्रमणमुक्त भएका छन् ।
सो मन्त्रालयका अनुसार हाल ४ लाख १६ हजार ८२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिनमा ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २७ औं दिन हो । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार १८८ पुगेको छ ।
भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ४७ लाख २७ हजार नमूना परीक्षण गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १९ मंसिर २०७७, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै