बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार  नाघ्यो

एजेन्सी

शुक्रबार, १९ मंसिर २०७७, ०८ : ४१
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार  नाघ्यो

एजेन्सी । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बिहीबार साँझसम्म ६० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा  थप ४१४ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० हजार ११३पुगेको हो । कोरोनाका कारण ज्यान गुमाउने संख्याको आधारमा बेलायत युरोपियन मुलुकमध्येअग्र स्थानमा रहेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १६ लाख ७४ हजार नाघेको छ । आज  सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप १४ हजार ८७९ जनामा कोरोना पुष्टि भएको छ । 

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ३५० जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३१५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेकोस्वास्थ्य विभागले जनाएको छ । हाल १५ हजार २३६  जनाको हस्पिटलमा उपचारभइरहेको छ ।

प्रतिक्रिया दिनुहोस