क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

एजेन्सी

मंगलबार, १६ मंसिर २०७७, १५ : ४७
क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

बेल्ग्रेड । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

गत शनिबार उनकी श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । 

उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् ।

उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।  
 
अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहेका छन् । 

उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस