बालुवाटारमा केक काटेर अर्थमन्त्री पौडेलको ‘बर्थडे सेलिब्रेसन’

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १४ : ५०
बालुवाटारमा केक काटेर अर्थमन्त्री पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं सरकारका अर्थमन्त्री विष्णु पौडेलको जन्मदिन बालुवाटारमा केक काटेर मनाइएको छ । नेकपा सचिवालय बैठक सुरु हुनुअघि बैठकस्थलमै केक काटेर पौडेलको जन्मदिन मनाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा उल्लेख गरे अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका थिए ।