अमेरिकी राष्ट्रपति बाईडेन कुकुरसंग खेल्ने क्रममा चिप्लेर घाईते

एजेन्सी

सोमबार, १५ मंसिर २०७७, ०९ : ५२
अमेरिकी राष्ट्रपति बाईडेन कुकुरसंग खेल्ने क्रममा चिप्लेर घाईते

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन आफ्नो कुकुरसंग खेल्ने क्रममा चिप्लेर घाइते भएका छन् ।  शनिबार घाईते भएको उनको उपचारको क्रममा आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्ति अनुसार बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ । 

‘प्रारम्भिक एक्स रेमा फ्र्याक्चर नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्र्याक्चर देखिएको थियो,’ डा. केभिन ओ’कोनरले भनेका छन् । 

यसअघि बाइडेनको अफिसले कुकुरसँग खेल्दा कुर्कुचा मर्किएपछि डाक्टरसँग जाँच गराउने बताएको थियो ।आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस