कोरोना भाइरसबाट मृत्यु व्यक्तिको संख्या १४ लाख भन्दा बढी र संक्रमितको संख्या ६ करोड नाघ्यो

एजेन्सी

बुधबार, १० मंसिर २०७७, २१ : १०
कोरोना भाइरसबाट मृत्यु व्यक्तिको संख्या १४ लाख भन्दा बढी र संक्रमितको संख्या ६ करोड नाघ्यो

काठमाडौं । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको एएपपी समाचार समितिले बुधबार  जानकारी दिएको छ ।  

गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड संक्रमित भइसकेका छन् । कोरोना भाइरस सक्रमणको कारण विश्वमा सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिका  हालसम्म २ लाख ६५ हजार  भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

अमेरिकामा १ करोड २९ लाख ५८ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि  भारत दोस्रो स्थानमा रहेको छ । भारतमा ९२ लाख भन्दा बढी कोरोना  भाइरस संक्रिमित भएका छन् । एक लाख ३४ हजार ७७९ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । 

ब्राजिलमा ६१ लाख २१ हजार ४४९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ७० हजार १७९ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १० लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ५५ हजार ८३८ जनाको मृत्यु भएको छ भने १५ लाख ३८ हजार ७९४ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।