काठमाडौं । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्ने काठमाडौं उपत्यकाका स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरी, सुरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
सबै प्रयोगशालाले रिपोर्ट नेगेटिभ आएमा एक महिना र पोजिटिभ आएमा ३ महिनासम्म स्वाबको नमुना भण्डारण गरी राख्नुपर्ने मापदण्ड छ । तर तोकिएको समयसम्म भण्डारण नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
सरकारबाट स्वीकृतिप्राप्त प्रयोगशालामा पीसीआर परीक्षण गरी कोरोना नेगेटिभ आएको रिपोर्ट लिएर हङकङ, दुबई र जापान गएका व्यक्तिको त्यहाँ पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले छानबिन अघि बढाउँदा स्वाबका नमुना फेला नपरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ मंसिर २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह