काठमाडौं । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्ने काठमाडौं उपत्यकाका स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरी, सुरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
सबै प्रयोगशालाले रिपोर्ट नेगेटिभ आएमा एक महिना र पोजिटिभ आएमा ३ महिनासम्म स्वाबको नमुना भण्डारण गरी राख्नुपर्ने मापदण्ड छ । तर तोकिएको समयसम्म भण्डारण नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
सरकारबाट स्वीकृतिप्राप्त प्रयोगशालामा पीसीआर परीक्षण गरी कोरोना नेगेटिभ आएको रिपोर्ट लिएर हङकङ, दुबई र जापान गएका व्यक्तिको त्यहाँ पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले छानबिन अघि बढाउँदा स्वाबका नमुना फेला नपरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ मंसिर २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन