दिल्लीमा मास्क नलगाए दुई हजार जरिबाना

एजेन्सी

विहीबार, ०४ मंसिर २०७७, १६ : ०१
दिल्लीमा मास्क नलगाए दुई हजार जरिबाना

नयाँदिल्ली । दिल्लीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कडाइको तयारी गरिएको छ । विवाहका लागि दिइएको छुट फिर्ता लिएसँगै अब दिल्लीमा मास्क नलगाउने व्यक्तिमाथि कारबाही गरिने भएको छ ।

दिल्लीमा अब मास्क नलगाउने व्यक्तिले दुई हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरिवालले उपराज्यपाल अनिल बैजलसँग यसबारे छलफल गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

यसअघि दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो । मुख्यमन्त्री केजरिवालले बिहीबार दिल्लीमा कोही मास्क नलगाएको फेला परे दुई हजार रुपैयाँ जरिवाना गरिने बताएको समाचारमा उल्लेख छ ।

यसका साथै केजरीवालले विपक्षी दलहरुसँग कोरोनाको समयमा राजनीति नगर्न र दिल्लीवासीलाई घरमै बसेर छठ पर्व मनाउनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस