नेपालमा खोप परीक्षणको बाटो खुल्यो

पत्रपत्रिकाबाट

विहीबार, ०४ मंसिर २०७७, ०७ : ५६
नेपालमा खोप परीक्षणको बाटो खुल्यो

काठमाडौं । अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ ।

आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्ने कानुनी आधार तयार भएको हो ।

औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । अध्यादेशमा भने खोपको पनि क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै नियामक निकायले अनुमति दिएको खोपलाई नेपालमा पनि प्रयोग गर्न सकिने प्रावधान राखिएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस