महाकवि देवकोटाको शालिक अनावरण

रासस

शनिबार, २९ कार्तिक २०७७, १८ : ३०
महाकवि देवकोटाको शालिक अनावरण

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुनः निर्माण गरिएको शालिकको अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्राज्ञ दिवस पोखरेलले विराटनगर–८ देवकोटा चोकमा.देवकोटाको ११२ औँ जन्मजयन्तीको उपलक्ष्यमा पुुनः निर्मित शालिकको आज संयुक्त रुपमा अनवरण गर्नुभयो । महानगरपालिकाको रु १९ लाखको लागतमा शालिक निर्माण गरिएको छ भने त्यसको वरिपरि स्ट्रिट लाईट राखिएको छ । 

प्रमुख पराजुुलीले प्रजातन्त्र पुनःस्थापनापछि विराटनगरबाट प्रधानमन्त्री हनुभएका सबैको शालिक नगर क्षेत्रमा निर्माण गरिने जानकारी दिनु भयो । उहाँले प्रजातन्त्र स्थापनाका लागि देवकोटा पुस्तकालयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै पुस्तकालय सुचारु रुपमा सञ्चालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्राज्ञ विवश पोखरेल, विराटनगर महानगरपालिकाका उपप्रमुुख इन्दिरा कार्कीले महाकवि देवकोटाले साहित्यक्षेत्रमा पुु¥याएको योगदानको चर्चा गर्नु भयो । 

Yeti Diistillery Tansen Cement box

देवकोटा चोकमा विस २०४२ मा महाकवी देवकोटाको शालिक स्थापना गरेपछि सो चोकको नाम देवकोटा चोक रहन गएको हो । पुुस्तकालयका अध्यक्ष सुुवोध निरौला, निर्माण उपभोक्ता समितिका अध्यक्ष वसन्तराज अर्याल  र नारायणवावुु कार्की लगायतले  देवकोटाको जीवनी र पुस्तकालयले  अहिलेसम्म गरेको कामका बारेमा जानकारी दिनुभएको थियो ।