सर्वाेच्चले खोलिदियो वामदेव गौतमलाई मन्त्री बन्ने बाटो

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, १७ : ०१
सर्वाेच्चले खोलिदियो वामदेव गौतमलाई मन्त्री बन्ने बाटो

काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउने कानुनी बाटो खुला भएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको हो ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले यसअघि एकल इजलासबाट जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस