अमेरिकामा महामारीको अझै योभन्दा भयावह स्थिति आउन सक्ने विज्ञहरूको चेतावनी

एजेन्सी

सोमबार, २४ कार्तिक २०७७, १९ : ५१
अमेरिकामा महामारीको अझै योभन्दा भयावह स्थिति आउन सक्ने विज्ञहरूको चेतावनी

काठमाडौं । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् ।

अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् ।

अमेरिकीहरू जाडोमा विदामा बस्ने र पारिवारिक जमगठका साथै लामो समय घरमै बस्ने गर्छन् । यस समयमा काभिड–१९ नियन्त्रणका उपायहरू अवलम्बन नभएको, जाडो बढेको र पारिवारिक जमघटका लागि टाढाटाढाबाट परिवारका सदस्यहरू घर फर्किने भएकोले सङ्क्रमण थप फैलिने खतरा रहेको विज्ञहरूलाई उद्धृत गरी अमेरिकी पत्रिका द गार्डियनले आफ्नो आइतबारको समाचारमा लेखेको छ ।

“एक शब्दमा भन्दा अमेरिकामा महामारी कम हुने आधार ‘आशा’ मात्रै हो रणनीतिक तयारी भएको पाइदैन,” जर्जीयास्थित इमोरी स्कूल अफ मेडिसिन तथा ग्राण्डी हेल्थ सिस्टमका सहायक डिन कार्लोस डेल रियोले भन्नुभयो ।

उहाँले अमेरिकामा दैनिक दुई लाख कोभिड–१९ सङ्क्रमित हुने अनुमान गर्दै यदि यो अवस्थामा पनि अमेरिकी जनस्वास्थ्य सेवा प्रणालीले धानेमा आश्चर्य नहुने बताउनुभयो । 
“हामी अहिले महामारीको निकै खराब अवस्थाबाट गुज्रिरहेका छौँ,” ब्रोन युनिभर्सिटीका आपतकालिन सेवा प्रवाहमा खटिरहेका चिकित्सक मेगन ¥यानीले भन्नुभयो । उहाँले अमेरिकाको महामारीको अवस्था आगामी दुई महिनामा देख्न सकिन बताउनुभयो । 

अमेरिकामा अहिलेसम्म ९९ लाख ४४ हजारभन्दा बढी पुगेको र दुई लाख ३७ हजार ४०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।