प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०७७, १४ : ४२
प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौँ । १२ दिनपछि अन्ततः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच यतिबेला बालुवाटारमा वार्ता चलिरहेको बालुवाटर स्रोतले जनाएको छ ।  

दुई अध्यक्षबीचको तिक्तता बढिरहेको समयमा अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुलाई चासोको रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्ड नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरी वालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली एकलौटी ढंगले अगाडि बढेको भन्दै प्रचण्डले आफू बालुवाटार नजाने बरु पार्टी बैठकमै सबै समस्या हल गर्ने गरी छलफल गर्ने बताइरहेका थिए । 

कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच आज भएको भेटकर्णाली प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेटघाट र पर्सा घटनालगायतको विषयमा छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्ड यी नै विषयलाई लिएर प्रधानमन्त्री ओलीसँग 

दुई अध्यक्षबीचको संवादहीनता तोड्नका लागि प्रधानमन्त्री ओली निकटका नेताहरू दिनहुँजसो खुमलटार पुगेको थिए। बुधबार प्रचण्डलाई भेट्न अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल, संसदीय दलका उपनेता सुवास नेम्वाङ खुमलटार पुगेका थिए। बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसमेत अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएपछि अन्ततः अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस