मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर, ईश्वर पोखरेलको पद खोसियो, विष्णु पौडेल बने अर्थमन्त्री

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, १८ : २५
मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर, ईश्वर पोखरेलको पद खोसियो, विष्णु पौडेल बने अर्थमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

हेरफेरका क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षामन्त्री पद खोसिएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानतस् मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । 

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस