कुन उमेरका कति उम्मेदवार र मतदाता ? युवाको संख्या कति ?

शनिबार, ०९ मंसिर २०७४, ०८ : ३०
कुन उमेरका कति उम्मेदवार र मतदाता ? युवाको संख्या कति ?

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ४१ देखि ६० वर्ष उमेर समूहका उम्मेदवार बढी निर्वाचित हुने सम्भावना देखिएको खबर आजको नयाँ पत्रिकामा छ । निर्वाचन आयोगका अनुसार यो उमेर समूहका उम्मेदवार नै धेरै छन् ।

दुई हजार ७८९ उम्मेदवार ४०–६० उमेर समूहका छन् । त्यस्तै, २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ७९८ उम्मेदवार छन् । ६० वर्ष कटेका उम्मेदवारको संख्या भने ५९७ छ । यसरी हेर्दा युवा जनशक्ति बढी निर्वाचित हुने सम्भावना छ ।

आयोगबाट प्राप्त सूचीअनुसार २५–४० उमेर समूहका उम्मेदवार ३४.६८ प्रतिशत छन् । नेपालमा यो उमेर समूहलाई युवाका रूपमा परिभाषित गरिएको छ । संविधानअनुसार उम्मेदवार हुन २५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ ।

साथै, सक्रिय जनशक्तिका रूपमा व्याख्या गरिने उमेर समूह अर्थात् ४१ देखि ६० वर्ष उमेर समूहबाट प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ५३.८ प्रतिशत उम्मेदवारी देखिन्छ । ६० वर्ष उमेर कटेका उम्मेदवार ११.५१ प्रतिशत मात्रै छन् । योगेश ढकालले नयाँ पत्रिकामा लेखेका छन् ।

मतदाता पनि युवा नै बढी
निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार,

-४० वर्ष भन्दा कम उमेरका मतदाता : ८० लाख ७१ हजार ३६९

-(१८ देखि २४ वर्ष उमेर समूहका मतदाता : २२ लाख ८० हजार ९१२ / २५ देखि ४० उमेर समूहका मतदाता : ५७ लाख ९० हजार ४५७)

-४१ देखि ६० वर्ष उमेर समूहका मतदाता : ४९ लाख ३९ हजार ७९८ र

-६१ वर्ष उमेर कटेका मतदाता : २४ लाख १७ हजार ७७५ छन् ।

प्रत्यक्ष निर्वाचनतर्फ महिला उम्मेदवारको संख्या ३८६ मात्रै
निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फका पाँच हजार १८४ उम्मेदवारमध्ये ३८६ मात्रै महिला उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस