रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जोको प्रयोग उपयुक्त

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, १२ : ०९
रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जोको प्रयोग उपयुक्त

काठमाडौँ । कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ । मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो, पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो । 

नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् । गुर्जो महत्वपूर्ण जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि यो कुरा प्रमाणित गरिसकेको डा. कोइराला बताउँछन् । रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र सरिरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनले बताए ।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ । डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमालि छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चा सम्म खान सकिन्छ । कोभिड १९ संक्रमणसँग लडनका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए । 

कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटकसम्म खान सक्ने उनको भनाई छ । यो सबै उमेरकाले खान हुने पनि उनले बताए । गुर्जो गर्भवती महिला र गम्भीर प्रकृतिका विरामीहरुले भने खान नहुने डा. कोइरालाले बताए । 

विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजीमा छन् तर अहिलेसम्म कुनै परिणाम आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस