नेकपाका २२ सय कार्यकर्ताले गरे पार्टी परित्याग, राजधानी दाङ सारेपछि नेकपा हार्ने तर्क

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, १३ : ०२
नेकपाका २२ सय कार्यकर्ताले गरे पार्टी परित्याग, राजधानी दाङ सारेपछि नेकपा हार्ने तर्क

बुटवल । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजारभन्दा बढी कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।

३५ संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् । 

बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायतका संस्थामा आवद्ध पार्टी सदस्यहरुले नेकपा छाड्ने घोषणा गरेका हुन् ।

उनीहरुले पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिवद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेकाले पार्टीमा बस्नुको औचित्य नभएकाले पार्टी परित्याग गरेको घोषणा गरे ।

राजधानी सार्ने प्रस्तावका सन्दर्भमा पार्टीका नेताहरुको लाचारीपनले गर्दा आउंदो निर्वाचनमा लज्जास्पद पराजय हुने उनीहरुको तर्क छ । उनीहरुले अब सत्तारुढ नेकपामा पार्टीमा बसिररहन नैतिकता नदिएको भन्दै स्वतन्त्र रहने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस