ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, १४ : २९
ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडांै उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । 

बैंकले प्रदान गरेकोट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताउँदै यस्तो समाजोपयोगी कार्यमा सहयोग पु¥याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ । 

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । यस अघि पनि मिति गत बैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाकम निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस