CG Landmark

पोखरा रंगशाला निर्माणको भौतिक कार्यप्रगति ८६ प्रतिशत

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, १३ : ४९
पोखरा रंगशाला निर्माणको भौतिक कार्यप्रगति ८६ प्रतिशत

फाइल फोटो

पोखरा । पोखरा रंगशाला निर्माणको भौतिक कार्यप्रगति ८६ प्रतिशत भएको छ । 

करिब १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापुच्छ«्रे हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । 

Yeti Diistillery Tansen Cement box

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताए । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उनले बताए । 

स्टेडियमको पश्चिमतर्फ भिआइपी सिट मध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिलेसम्म अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उनले बताए ।

चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम सकिएको उनले बताए । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणधिन अवस्थामा रहेको छ भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । 

गतवर्ष मंसिर १५ देखि २४ गतेसम्म जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस