सम्झना विक बलात्कार हत्या प्रकरण : गृहमन्त्रीलाई छलफलका लागि बोलायो सुशासन समितिले

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, १३ : ०७
सम्झना विक बलात्कार हत्या प्रकरण : गृहमन्त्रीलाई छलफलका लागि बोलायो सुशासन समितिले

काठमाडौं । सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग छलफल हुने भएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार गृहमन्त्री थापालाई घटनाबारे छलफलका लागि बोलाएको हो । 

६ दिन अघि बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको थियो । गत बुधबारको दिन खिकालाबाट पशुचौपाया बाँध्न करिब ५ बजे साँझ गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीय शिवमन्दिरभित्र उनको शव क्षतविक्षेत अवस्थामा फेला परेको थियो । 

प्रतिक्रिया दिनुहोस