चितवनमा मृत्युपछि एक पुरुषमा कोरोना पुष्टि

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, १५ : ४६
चितवनमा मृत्युपछि एक पुरुषमा कोरोना पुष्टि

चितवन । चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा  शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो । मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए ।

चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । तीमध्ये चितवनका १८, मकवानपुरका सात, नवलपरासीपूर्वका पाँच, कैलालीका दुई, तनहुँ, रौतहट, सर्लाही, गोरखा र बाराका एक÷एक जना रहेका छन् ।